वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड
काठमाडौं । मेटलाइफ नेपालको सर्वश्रेष्ठ वान बाइ मेटलाइफ एपद्वारा हिजो सिंगापुरमा आयोजित नवौँ इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ । यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपालमा सम्मानित गरिएको थियो । यी अवार्डहरूले मेटलाइफको नेपालमा नवप्रवर्तन, ग्राहक केन्द्रित सेवाहरू र मार्केटिङ उत्कृष्टताप्रति प्रतिबद्धता झल्काएका छन् ।
कार्यक्रममा अवार्ड ग्रहण गर्न, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरूमार्फत आफ्ना ग्राहकहरूमा महत्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्षको जुरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए ।
मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, ‘वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको छ ।’
सेप्टेम्बर २०२३ मा लन्च गरिएको वान बाइ मेटलाइफले, प्रयोगकर्तामैत्री प्लेटफर्ममा बीमा र उच्च गुणस्तरका स्वास्थ्य सेवाहरूलाई निर्बाधरूपमा एकीकृत गरेकोमा डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर नेपाल अवार्ड जितेको छ । यस एपले नेपालमा पहिलो पटक व्यापक ३६० हेल्थ सेवाहरू प्रदान गर्दै आफ्ना ग्राहकहरूलाई स्वास्थ्य सेवा प्रयोगमा सहजीकरण गरेको छ । एपको अद्वितीय विशेषता भनेको यसको एआई सञ्चालित स्वास्थ्य मूल्यांकन उपकरण हो, जसले अनुहारको स्क्यानद्वारा व्यक्तिगत स्वास्थ्यसम्बन्धी रिपोर्ट प्रदान गर्छ । जसले यसलाई बजारमा अतुलनीय सेवाको रूपमा भिन्न गरेको छ ।
मेटलाइफ नेपालले एपको सुरुवातसम्बन्धी गरेको एकीकृत मार्केटिङ अभियानले मार्केटिङ इनिसिएटिभ अफ द इयर नेपाल अवार्ड जितेको छ । यस अभियानले नेपाली बजारमा एपलाई व्यापकरूपमा अपनाउन र मान्यता प्राप्त गर्न परम्परागत र डिजिटल मार्केटिङ उपकरणको प्रयोग गरेको थियो । एपको लोकप्रियता बढ्ने क्रममा, यस एपले एक लाख ५० हजारभन्दा बढी डाउनलोड र ४५ हजार दर्ताका साथ गुगल प्ले स्टोर र आईओएस एप स्टोर दुवैमा चारभन्दा बढी रेटिङ र गुगल प्ले स्टोरमा नेपालको नवौँ सबैभन्दा लोकप्रिय वित्तीय सेवा एपको गौरव प्राप्त गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया