Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरूलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देशविदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक र बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरूभन्दा बिल्कुलै भिन्न देखिने बैंकले जानकारी दिएको छ ।

पस मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पु¥याएको उल्लेख्य योगदानको कदर स्वरूप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले नेपालभरका विभिन्न तीन सय ५० भन्दा बढी मर्चेन्टहरूमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफरहरू प्राप्त गर्न सक्नेछन्, साथै पाँच हजार वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरूमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूति जाग्रित हुने विश्वास बैंकले लिएको छ । नियोन क्रेडिट कार्ड प्रयोगमार्फत विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरू तथा छुटसम्बन्धी विवरणको बारेमा बैंकको वेभसाइट, सामाजिक सञ्जालमार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने छ ।

नियोन क्रेडिट कार्डको पहिलो संस्करण सीमित अवधिको लागि ल्याइएको माछापुच्छ्रे बैंकको नवीनतम योजना हो, जसअन्तर्गत सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैंकको योजना रहेको छ । डिजिटल बैंकिङको दुनियाँमा माछापुच्छ्रेले बैंकको नियोन क्रेडिट कार्डमार्फत ग्राहकलाई नौलो स्वादको अनुभूति दिलाउनेछ भनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले खुसी व्यक्त गर्दै बताएका छन् कि ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं, जसले हाम्रा ग्राहकहरूको नवीनतम आकांक्षाहरू सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधिमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x