Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्रीप्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्रीप्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल


काठमाडौं  । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

बैंकले ‘आठ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१÷९२’ जारी गर्न लागेको हो । बैंकको प्रतिकित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक आठ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिकरूपले हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x