Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर

ग्लोबल आईएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर


काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोस्रो हप्तातिर हुने भएको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ । प्रारम्भिक चरणको आवेदन छनोट प्रक्रियामा ६० जनालाई फिजिकल अडिसनका लागि सर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यस सहकार्यबारे बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गीता पुरीले भनिन, ‘ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौँ । यस सहकार्यले विविधतालाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको छ । यो साझेदारी प्रायोजन मात्र नभएर महिला सशक्तीकरणमा समर्पित दुई संस्थाहरूको सहकार्य हो ।’

त्यस्तै, ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलीप पोखरेलले भने, ‘मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । ग्लोबल आईएमई बैंक समाजको प्रगति र महिला सशक्तीकरण गर्ने पहलहरूलाई सदैव समर्थन गर्छ । हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ नारी पहल, मेरी उनीलाई र छात्रालाई छात्रवृत्तिजस्ता कार्यक्रमहरू गरेर महिलाहरूको आर्थिक शैक्षिकलगायत समग्र सशक्तीकरणमा पहल गर्दै आइरहेका छौंं ।’

यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षकहरू राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनले इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x