Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजारको बढ्दो ट्रेन्ड यस साता कायम रहला ?

सेयरबजारको बढ्दो ट्रेन्ड यस साता कायम रहला ?


काठमाडौं, गतसाता सेयर बजारले लगानीकर्तालाई राम्रै फाइदा दियो । नेप्से परिसूचक एक सातामा दुई सय १९ दशमलव ७१ विन्दुले बढ्यो । बजार पुँजीकरण तीन खर्ब ५० अर्ब रुपैयाँ बढेको छ । लगानीकर्ताको सम्पत्ति तीन खर्ब ५० अर्बले बढेको छ ।नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । नयाँ सरकार गठन भएको र अर्थमन्त्रीले सेयरबजारको पक्षमा काम गर्ने बताएपछि लगानीकर्ता उत्साहित बनेका छन् । यस्तै मौद्रिक नीतिले कर्जा विस्तार गर्ने नीति लिने अपेक्षा लगानीकर्ताको छ । अर्थमन्त्री र गभर्नरबीच अर्थतन्त्र चलायमान बनाउने गरी नीति लिने विषयमा सहमति भएको खबर बाहिरिएकाले पनि लिगानीकर्ता ढुक्क भएर लगानी गरिरहेका छन् ।

अर्कोतर्फ बैंक ब्याजदर निरन्तर घटिरहेको र वित्तीय प्रणालीमा अधिक तरलता भएपछि कर्जा विस्तार बढाउनुपर्ने बाध्यता राष्ट्र बैंकमाथि छ । यहीकारण मौद्रिक नीति लचिलो आउने अपेक्षा गर्न सकिन्छ । गतसाता शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि सार्वजनिक भएन । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएको र उनलाई गभर्नरले ब्रिफिङ गर्नुपर्ने भएकाले शुक्रबार मौद्रिक नीति सार्वजनिक हुुन नसकेको स्रोतले बताएको छ । यसको असर आइतबारको बजारमा पर्न सक्ने सम्भावना पनि छ । तर प्रधानमन्त्रीले उद्योगीहरुसँग मौद्रिक नीति कठोर हुन नहुने बताइसकेकाले बजार प्रभावित नहुने लगानीकर्ताको बुझाई छ ।

गतसाता दुई सय भन्दा बढी अंकले नेप्से बढेकाले यस साता केही करेक्सन हुन्छकी भन्ने चसो पनि छ । तर बजारले यही नै गति लिन्छ भनेर यसै भन्न सकिदैन । किनभने बजारमा खरिद चाप निकै बढीरहेको छ । बैंकिङ समूहमा देखिएको आकर्षणले केही समय बजारमा बुल रन बाँकी नै रहने अनुमान पनि विश्लेषकहरुले गरेका छन् । यस्तो छ गतसाताको सेयरबजारसातामा सेयरबजार नौ दशमलव ९६ प्रतिशत अर्थात दुई सय १९ दशमलव ७१ अंकले बढेर २४ सय २४ दशमलव ३२ विन्दुमा बन्द भएको छ । बजार पुँजीकरण ३८ खर्ब ४६ अर्बमा पुगेको छ । एक सातामा लगानीकर्ताको सम्पत्ति तीन खर्ब ५० अर्ब रुपैयाँले बढेको छ ।

एक सातामा ५३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दैनिक औसत कारोबार १० अर्ब ६१ करोडको भएको छ । बिहीबार मात्रै १५ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । वाणिज्य बैंक समूह १३ दशमलव ९९ प्रतिशत बढ्यो भने व्यापार र जलविद्युत समूहमा पनि उच्च वृद्धि भएकोे छ । रिडी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै करिब ३० प्रतिशत बढेको छ । आँखुखोला जलविद्युतका सेयरधनीले भने १० प्रतिशत गुमाएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x