Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपीट्रिपल बिप्लस रेटिङ

आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपीट्रिपल बिप्लस रेटिङ


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बिप्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ । कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष‘केयर–एनपी ट्रिपल बी रेटिङ प्रदान गरेको थियो ।

आव २०८०/८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मकरूपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तररूपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धिदर हासिल गरिरहेको छ ।

रेटिङ एजेन्सीले आव २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरेपश्चातको कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजीलाई पाँच अर्ब रुपैयाँ समेत पु¥याएको छ ।

यस कम्पनीका प्रतिष्ठित संस्थापक सेयरधनीहरू, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिँदो शाखा सञ्जालमार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो दुई आर्थिक वर्षदेखि नै मध्यमस्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिङ एजेन्सीले परिमार्जित रेटिङ प्रदान गरेको हो । आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x