Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुर्योदय वोमी लघुवित्तले एफपीओ जारी गर्ने

सुर्योदय वोमी लघुवित्तले एफपीओ जारी गर्ने


काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक सेयर (एफपीओ) जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४६ लाख ७२ हजार नौ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार सात सय ९९ दशमलव ५४ कित्ता एफपीओ जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडमार्फत यही साउन चार गतेबाट खुला हुने सेयर बिक्री कार्य छिटोमा यही साउन आठ गते र ढिलोमा यही साउन १८ गते बन्द हुने छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x