Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भएपछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपश्चात् मातृभूमि लघुवित्तको चुक्तापुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि दुई सय ३६ वटा शाखा रहेका उक्त लघुवित्तको सदस्य संख्या दुई लाख १६ हजार, ऋणी संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन चार अर्ब पुग्ने छ । ‘आगामी दिनहरूमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण बस्तीहरूमा आफ्नो उपस्थिति जनाउने छ । मातृभूमि लघुवित्तलाई नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित गर्ने हामी प्रतिबद्ध छौं ‘संस्थाका अध्यक्ष लोकराज शर्माले भने । शाखा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा ४ मा रहने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x