Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको एक्सटेन्सन काउन्टर गड्डाचौकीमा

नेपाल एसबीआई बैंकको एक्सटेन्सन काउन्टर गड्डाचौकीमा


काठमाडौं । नेपाल एसबीआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । काउन्टरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले संयुक्तरूपमा गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्ता, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरूलाई उनीहरूको वित्तीय÷भन्सारसम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, बैंकले आफ्नो भीमदत्त नगरपालिका ५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नम्बर गल्लीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

बैंकले हाल सबै क्षेत्रमा एक सय वटा शाखा कार्यालय २२ वटा एक्सटेन्सन काउन्टर, १९ वटा शाखारहित बैंकिङ सेवा, सात वटा प्रादेशिक कार्यालय र एक सय २१ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x