Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सव


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी मनाइएको छ । आइतबार नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले एक समारोहका बीच ३५ औँ वार्षिकोत्सव मूल कार्यक्र्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पाण्डेले बोनस तथा करलगागतका विषयमा कर्मचारीप्रति असमान रहेका विषयमा सरकारले पूर्णरूपमा हेर्ने नीति लिनुपर्ने बताए । उनले जनताको सेवा गर्दा कर्मचारीले आफूले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐनअनुसार अगाडि बढ्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि उठाइएका मागप्रति महासंघ सधैं साथमा रहेको बताए । कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कर्मचारी संघ नेपालका पूर्वअध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष गीता पोखरेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा संस्थाको सम्बर्द्धनका विषयमा व्यापकरूपमा विषयहरू उठान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए । संघका विभिन्न प्रदेश समितिहरूमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । गत साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७५ जना बैंक कर्मचारीहरूले रक्तदान गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्याङ्कनमा उष्कृष्ठ भएबापत रनिङ शिल्ड प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीहरूको उत्पादकत्व विषयमा कर्मचारीबीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा महेशराज भट्ट प्रथम, भावना शर्मा द्वितीय र रुद्रप्रसाद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका थिए । साथै, उक्त अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्वितीय अनिसा खनाल र तृतीय दीक्षा खड्का भएका थिए । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघको वार्षिकोत्सवको अवसरमा महिला कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बैंकको केन्द्र्रीय कार्यालय परिसरमा सेनिटरी प्याड भेन्डिङ मेसिन सञ्चालनमा ल्याइएको छ । संघले वार्षिकोत्सवकै अवसरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग अनलाइनबाट स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कर्मचारी संघ नेपालका महासचिव रवीन्द्रप्रसाद चौलागाईंले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरूहरू, विभागीय प्रमुखहरू, उप्रमुखहरू, शाखा प्रबन्धकहरू, संघका पदाधिकारीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x