Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंक सर्वश्रेष्ठ प्रतिवेदन पुरस्कार २०२३ बाट सम्मानित

नेपाल एसबीआई बैंक सर्वश्रेष्ठ प्रतिवेदन पुरस्कार २०२३ बाट सम्मानित


काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक रिपोर्ट पुरस्कार २०२३ द्वारा सम्मानित भएको छ । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले नेपाल एसबीआई बैंक लिमिटेडलाई ‘राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदन २०२३’का लागि रजत पुरस्कारले सम्मानित गरेको हो । यो प्रतिष्ठित मान्यता निजी क्षेत्रको बैंकहरूको श्रेणीमा यसको वार्षिक प्रतिवेदन २०२३ को प्रस्तुतीकरणमा उत्कृष्टताका लागि प्रदान गरिएको बैंकको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेले एक समारोहबीच अर्थमन्त्री विष्णु पौडेलबाट पुरस्कार उक्त पुरष्कार ग्रहण गरेका हुन् । बैंकले आफ्ना एक सय वटा पूर्ण शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, १९ वटा शाखारहित बैंकिङ सेवा, सात वटा प्रदेश कार्यालय, कर्पोरेट कार्यालय र एक सय २१ वटा एटीएममार्फत वित्तीय सेवाउपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x