Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको वार्षिकोत्सव

ज्योति विकास बैंकको वार्षिकोत्सव


काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँच भएको बृहत् वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र शाश्वत समृद्धि ल्याउने मूल उद्देश्यका साथ विसं २०६५ सालको श्रावण ९ गते स्थापना भएको बैंकले बुधबार, गौरवमय १६ वर्षको सफल यात्रा पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको हो ।

प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको उद्घाटन गरेका छन् । वेबसाइट प्रकाशनपश्चात् बैंकले प्रदान गरिरहेको सेवा–सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङमार्फत अनलाइनबाटै खाता खोल्ने, क्युआर कोडलगायत विभिन्न बैंकिङ सेवाहरूका लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी जम्मा ५० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास र तिलस्मी सेवाको कदरस्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरतरूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको छ । अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्तरूपमा कर्मचारीहरूलाई पदक तथा कदर–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष खड्काले बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने समस्त ग्राहक, सेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीलगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहीअनुरूपको सहयोग प्रदान गर्न आह्वान गरे । उनले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि पनि अनवरतरूपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिकलगायतका तालिमहरूमा सहभागी भएको बताए । अध्यक्ष खड्काले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्वअध्यक्षहरू, कर्मचारी, सेयरधनी र ग्राहकहरूलाई आभार व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सिर्जना, सिप अभिवृद्धि र समाज परिवर्तनको परिकल्पनाका साथ गरिएका विभिन्न कार्यक्रममा पनि प्रकाश पारे । बैंकमा संस्थागत सुशासन तथा कार्यसम्पादन क्षमता अनुरूप कर्मचारीलाई प्रोत्साहन गर्दै बैंकलाई पफर्मर्स प्याराडाइज बनाउन सोहीअनुरूप संस्थागत संस्कृति विकास गर्न सक्रिय रही आएको बताए । त्यसैगरी १६औँ वार्षिकोत्सवको अवसरमा बैंकले विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको सम्झौता तथा उद्घोष समेत गरेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको बताए । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताए । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब नौ सयभन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको बताए । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।

बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x