ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता
काठमाडौं । ज्योति विकास बैंकले विभिन्न गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता गरेको छ । बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत तीन वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता गरेको हो ।
बैंकले स्वास्थ्य, शिक्षा र सशक्तीकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न, र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले सो सहयोग प्रदान गरेको हो । बैंकले शारीरिक तवरले फरक बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न ई–नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरूलाई थ्रीडी प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ । प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरूलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ । बैंकले यसअघि पनि ई–नेबल नेपालसँगको सहकार्यमा १५ जना बालबालिकाहरूलाई उक्त हातहरू प्रदान गरेको थियो । यसका साथै बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा ‘न्यानो नानी’ परियोजना–५ लाई निरन्तरता दिने घोषणा गरेको छ ।
हाइपोथर्मियाको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै, उक्त जोखिमलाई न्यूनीकरण गर्ने अतिसंवेदी र महत्वपूर्ण १० वटा जीवनरक्षक चिकित्सा उपकरण न्यानो नानी बेबी वार्मर मेसिन बनाई, आवश्यकता भएका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्ने सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा हालसम्म विभिन्न चरणहरूमार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा ४५ वटा बेबी वार्मर जडान गरि सकेको छ। साथै, बैंकले अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबीवार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गर्नुका साथै त्यसको उच्चतम सदुपयोग सुनिश्चित गर्न विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ । त्यसैगरी बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वावलम्बन नेपाल संस्थासँगको सहकार्यमा संस्थामा अभिभावकविहीन बालबालिहरूको आंशिक भए पनि अभिभावकत्व निर्वाह गर्ने, सिकाइ वातावरण अभिवृद्धि र समग्र शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ डेस्क बेञ्चहरू प्रदान गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब नौ सयभन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवनरक्षा गर्न सफल भएको छ । यस्ता जीवनरक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया