Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको सीईओको जिम्मेवारी रेग्मीलाई

ग्लोबल आईएमई बैंकको सीईओको जिम्मेवारी रेग्मीलाई


काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुरेन्द्रराज रेग्मीले पाएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले रेग्मीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । बैंकका नवनियुक्त प्रमुख कार्यकारी रेग्मीको कार्यकाल यही भदौ एक गतेबाट सुरु हुनेछ ।

बैंकका हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन् । रेग्मीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेको अनुभव रेग्मीसँग छ । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए । त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

पछिल्लो १६ वर्षयता रेग्मी ग्लोबल आईएमई बैंकमा कार्यरत छन् । उनले ग्लोबल आईएमई बैंकमा नायब प्रबन्धकबाट २०६५ मा सेवा सुरु गरेका थिए । तीन वर्षअघि बैंक सञ्चालक समितिले रेग्मीलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । त्यसअघि १३ वर्षसम्म उनले बैंकका विभिन्न विभागमा रहेर काम गरेका थिए ।

बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरीवेक्षण तहमा काम गरिसकेका छन् । यसैगरी बैंकको बिहीबार नैं बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x