एनआईसी एसिया क्यापिटलको प्रगति विवरण सार्वजनिक
काठमाडौं । एनआईसी एसिया क्यापिटल टिमिटेडले आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण सार्वजनिक गरेको छ । मर्चेन्ट बैंकिङ व्यवसायमा बढ्दै गइरहेको तीव्र प्रतिस्पर्धा, धितोपत्रको दोस्रो बजारको कारोबार समीक्षा अवधिभर नै मन्दी हुनु तथा समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एनआईसी एसिया क्यापिटलले आथिक वर्ष २०८०/८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको जानकारी दिएको छ ।
चुक्ता पुँजी २० करोड रहेको क्यापिटलले समीक्षा आर्थिक वर्षमा १२ करोड १० लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ६० रूपैयाँ ५० पैसा कायम गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा १६ दशमलव १२ प्रतिशतले बढी हो । असार मसान्त २०८१ को अन्त्यसम्म क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत पाँच वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा छ वटा योजनाहरू सञ्चालन गरिरहेको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल एनआईसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौँ वर्ष १० दशमलव ५० प्रतिशत गरी हालसम्म ७५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । ‘एनआईसी एसिया ब्यालेन्सड फन्ड’ले सञ्चालनमा ल्याएको पहिलो वर्ष आठ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’ सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोस्रो वर्ष छ प्रतिशत र तेस्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरणपश्चात तथा धितोपत्रको दोस्रो बजार तल्लोविन्दुमा हुँदा समेत असार मसान्त २०८१ मा क्यापिटलबाट सञ्चालित योजनाहरू ‘एनआईसी एसिया ग्रोथ फन्ड’को खुद सम्पत्ति मूल्य ११ रूपैयाँ ४७ पैसा, ‘एनआईसी एसिया ब्यालेन्सड फन्ड’को खुद सम्पत्ति मूल्य ११ रूपैयाँ पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’को खुद सम्पत्ति मूल्य ११ रूपैयाँ नौ पैसा, तेस्रो बन्दमुखी योजना ‘एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ को खुद सम्पत्ति मूल्य ११ रूपैयाँ ४६ पैसा, चौथो बन्दमुखी योजनाको ‘एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड’को ११ रुपैयाँ ३४ पैसा र पाँचौँ बन्दमुखी योजना एनआईसी एसिया ग्रोथ फन्ड–२ को खुद सम्पत्ति मूल्य १० रुपैयाँ सात पैसा कायम गर्न सफल भएको छ ।
नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरूमध्ये सुरक्षित अर्थात् न्यून जोखिम र नियमितहरूमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’अन्तर्गत सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्लु पी) योजनाहरू समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइनमार्फत सहजै रूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।
क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत (आईडिया टु आईपीओ) सेवा सञ्चालन गरिरहेको छ । जसअन्तर्गत २०८१ असार मसान्तसम्म २८वटा कम्पनीहरूसँग दुई पक्षीय सम्झौता सम्पन्न भई कार्यहरू गरिरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरू सञ्चालन गरीे आव २०८०/८१ को अन्त्यसम्ममा सात सय चार जना ग्राहकहरूबाट दुई अर्ब ३४ करोडभन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत समय समयानुकूल ग्राहकमुखी नविनतम् योजनाहरू सञ्चालन गरिरहेको छ । उक्त सेवाअनलाइनमार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६ दशमलव ५७ प्रतिशतले बढी हो ।
क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानलाई सहज र सर्वसुलभहरूमा आम जनतामाझ पुर्याउन एनआईसी एसिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउन्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्नेलगायतका निक्षेप सदस्यअन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरू सहजैरूपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । क्यापिटलले २०८१ असार मसान्तसम्म सात लाख ३६ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर एक कम्पनी बन्न सफल भएको छ ।
क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत २०८१ असार मसान्तसम्म २४ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र चार वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरूलाई १३ अर्बभन्दा बढी सेयर पुँजी संकलन गरिदिन सफल भएका छौँ । असार मसान्तसम्म ३८ वटाभन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरूको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको सेयर बोलकबोलमार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै, चार वटा कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा पेस गर्न सफल भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया