नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड
काठमाडौं । नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले लिडरसिप एक्सिलेन्स अवार्ड्स–२०२४ सम्पन्न गरेको छ । कम्पनीले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा श्रावण ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्षः फ्लाई हाई, एम हायर’ नाराका साथ अवार्ड कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने एक सय ९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्तरूपमा कार्यक्रमको समुद्वाटन गरेका थिए । कार्यक्रममा भर्चुअल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आव २०८०/८१ मा गरेका आउनस्टान्डिङ पर्फमेन्सका लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई तथा धन्यवाद प्रकट गरेका थिए । समग्र क्षेत्रमा प्रतिकुल आर्थिक परिदृष्य विद्यमान रहँदारहँदै पनि आफ्नो अथक मेहनत, टिम वर्क, लगनशीलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तररूपमा कायम राख्न र आफ्नो मार्केट सेयरलाई थप वृद्धि गर्न सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले गत आवमा गरेकोे उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरू तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । आर्थिकमन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधीकरणतर्फ अग्रसर रहेको कुरा बताए । कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पु¥याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवनस्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए । आफूमा भएको सिप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नसके बीमाको पहुँच अभिवृद्धि हुने कुरा बताए । अहिलेको वर्तमान अवस्थामा नयाँ जोस, नयाँ जाँगर र प्रवृत्तिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन्सहज हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरूलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालू आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८१÷८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको र उहाँहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए ।
अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८०÷८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्नै सम्पूर्ण अभिकर्ता, सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । गत वर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताउनुभयो ।
यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पु¥याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गरे । बीमा मानवीय कार्य भएको र यसले देशको विकासमा अतुलनीय भूमिका निर्वाह गर्ने हुँदा यसलाई आमनागरिकबीच पु¥याउन नित्तान्त आवश्यक रहेको बताए । यसका साथसाथै नयाँ लक्ष्य प्राप्तिका निम्ति कम्पनीद्वारा तयार पारिएको रणनीति उपर उनले प्रकाश पारे । कम्पनीले लिएको लक्ष्य प्राप्तिमा सबैको साथ सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए । पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई मुरीका मुरी धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताए । अभिकर्ताको चौतर्फी विकासका निम्ति नेपाल सरकार अर्थ मन्त्रालय नियमनकारी निकाय संवेदनशील समेत हुनुपर्ने विचार अभिव्यक्त गरे । अभिकर्ताले प्राप्त गर्ने सेवासुविधा तथा सरकारले अभिकर्ताप्रति गर्ने व्यवहारमा सुधार गर्नसके बीमा क्षेत्रमा चाँडो नै फड्को मार्न सकिने र त्यो संरचना तयार भइसकेको कुरा समेत बताए । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अभिकर्ताको भूमिका अतुलनीय रहेको र यसको गम्भीर्यतालाई मनन गर्दै नीति निर्माण गर्नका निम्ति उनले सरोकारवालाहरूसँग आग्रह गरे ।
समारोहमा पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । यस कम्पनीले लगानी विविधिकरणको क्षेत्रमा विभिन्न काम गर्दै आएको र गर्ने अठोट देख्न पाउँदा मन प्रफुल्लित भएको बताए । कम्पनीले सूचना प्रविधिमा ल्याएको विकासले सेवा प्रवाहमा सुधार आएको र यसले गर्दा अभिकर्ताहरूलाई काम गर्न सहज भएको र यस पहलकदमीको उहाँले मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट एक सय ४१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्नपदक र एक सय ३७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो । त्यस्तै, एजेन्सी मेनेजरतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुसी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डका साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया