Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट

प्रभु बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट


काठमाडौं  । प्रभु बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटमा रहेको र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका कर्मचारी एवं ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा र्याडिसन होटलका निर्देशक (फुड एन्ड बेभेरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुंगानाले हस्ताक्षर गरेका हुन् । र्याडिसन होटल एक अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तररूपमा टेवा दिइरहेको एक अग्रणी पाँचतारे होटल हो ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी एवम् ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध गराउने विभिन्न सेवा तथा सुविधामध्ये खाना, पेस्ट्री सप, ट्रनक्युलिटी स्पाका साथै ¥याडिसन होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x