Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई र एम बैंकबीच सम्झौता

आइएमई र एम बैंकबीच सम्झौता


काठमाडौं  । आईएमई लिमिटेड र एम बैंकबीच सम्झौता भएको छ । कम्पनीले सहकारी संस्थालाई प्रविधिमैत्री बनाइरहेको कम्पनी एम बैंकसँग विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने विषयमा सम्झौता गरेको हो ।

सम्झौतासँगै एम बैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्समार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । यसरी मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् । आइएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रालिबीच रेमिटेन्सबापत पठाएको रकम सिधै जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा संयुक्तरूपमा हस्ताक्षर गरेका हुन् ।

एम बैंकले नेपालभरका करिब पाँच सय सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ । एम बैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए । शुक्रबार नवौं वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आइएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको एम बैंकले जनाएको छ ।

यसबाहेक एम बैंकमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटेल बुक गर्न, क्युआर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्नेलगायतका अन्य विभिन्न सेवाहरू सहजै लिन सक्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x