महालक्ष्मी विकास बैंकले नौ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (नौ दशमलव ९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।
महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोडसम्मको कर्जा प्रदान गर्नेछ । साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मका लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ । ग्राहकले यसअन्तर्गत तीन करोडसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारीबाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया