एनआईसी एसिया क्यापिटलहरू सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको प्रतिफल घोषणा
काठमाडौं । एनआईसी एसिया क्यापिटलहरू सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको प्रतिफल घोषणा भएको छ । क्यापिटलको बुधबार क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा बसेको सञ्चालक समितिको १४३औँ बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरू योजनाहरूको लाभांश घोषणा गरेको हो ।
एनआईसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाँचौँ वर्ष १० दशमलव ५० प्रतिशत तथा छैटौँ वर्ष अर्थात् आव २०८०/८१ को लागि घोषणा गरेको नौ दशमलव ५० प्रतिशतसहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । एनआईसी एसिया ब्यालेन्स फन्डले सञ्चालनमा आएको पहिलो वर्ष आठ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत, चौथो वर्ष १० प्रतिशत तथा पाँचौँ वर्ष अर्थात आव २०८०/८१ को लागि घोषणा गरेको नौ दशमलव २५ प्रतिशतसहित हालसम्म ७० दशमलव २५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोस्रो वर्ष छ प्रतिशत, तेस्रो वर्ष १० प्रतिशत तथा चौथो वर्ष अर्थात् आव २०८०/८१ को लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरूमध्ये सुरक्षित अर्थात् न्यून जोखिम र नियमितरूपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्डअन्तर्गत व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) योजनासमेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइनमार्फत सहजरूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया