एनआईएमबी एस क्यापिटलको वार्षिकोत्सव
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शुक्रबार १२ वर्ष पूरा भएको छ । धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फन्ड योजना र २०१९ मा पहिलो खुलारूपी म्युचुअल फन्ड लन्च गरेको थियो ।
कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भने, ‘हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारीलगायत हाम्रो सिङ्गो टिमविना यो उपलब्धि सम्भव हुने थिएन । भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने बाचा गर्छु ।’
हाल एनआईएमबी एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्याङ्कन भएका पाँचवटा म्युचुअल फन्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको छ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ । साथै, हालसम्म ४१ लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्न सफल एनआईएमबी छ । साथै, ५० हजारभन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै दुई सयभन्दा बढी आईपीओ÷एफपीओ जारी गर्न सफल रहेको छ ।
कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गरेका थिए भने धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी र पूर्व मुख्यसचिव विमला कोइरालाले एनआईएमबी एस क्यापिटलले हासिल गरेको उपलब्धिलाई बधाई दिनुका साथै आगामी दिनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड–एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्छ । हालसम्म एनआईबीएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रियरूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ ।
एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरू प्रदान गर्दै आइरहेको छ । एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अर्थतन्त्रका बाह्य सूचक राम्रा, आन्तरिक नराम्रा
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया