आइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरूलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यथावत् रहिरहेको ‘आईएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाखबाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । सेवाग्राहीहरूको उत्साह तथा हितको लागि बेला–बेलामा विभिन्न अफर सार्वजनिक गर्दै आएको आइएमई पेले यसअघिको योजनामा प्रयोगकर्ताहरूको उल्लासमय सहभागिता र ग्राहकवर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताइएको छ ।
आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नवीकरण तथा थुप्रै सेवाहरूको सहजै भुक्तानी गर्न सक्नेछन् । आफ्नो वालेटमा रहेको रकम आवश्यकताअनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया