Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको आधार दरमा अतिरिक्त एक प्रतिशत थप गरी कुल आठ दशमलव ८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा सात वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । सहज र झन्झटरहित तरिकाले तीन कार्यदिनभित्रमा कारोबार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x