लिबर्टी माइक्रो लाइफको सुरक्षित बाल भविष्य योजना
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजनाको बिक्री सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो बीमालेखअन्तर्गत एक महिनादेखि १७ वर्ष उमेरसम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह/ब्रतबन्धजस्ता सामाजिक कार्य वा पेसा व्यवसाय सुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्छ । यस योजनाअन्तर्गत न्यूनतम आठ वर्षदेखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँदेखि अधिकतम बीमाङ्क रकम पाँच लाख रुपैयाँसम्म लिन सकिनेछ ।
कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरू आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना भएको, बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आयसहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेसा व्यवसाय तथा विवाह ब्रतबन्धजस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान रहेको छ । यसैगरी बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुबा/आमा/कानुनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने, बीमा गरेको अवधि १९ वर्ष वा सोभन्दा कम भएमा २५ रुपैयाँ प्रतिहजार प्रतिवर्ष र २० वर्ष वा सोभन्दामाथि भएमा ३५ रुपैयाँ प्रतिहजार प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ ।
यसैगरी सस्तो/किफायती बीमाशुल्क दर भएकाले न्यून आयवर्गलगायत सबैका लागि सुहाउँदो बीमा योजना भएको, अनलाइन माध्यमबाट सरल एव छरितो तरिकाले घरमै बसी बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने, उक्त बीमालेखसँग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्तता लाभ सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- भक्तपुरबाट दुर्गा प्रसाईँ पक्राउ
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया