एनआईसी एसिया लघुवित्तको नाफा १२ करोड ७१ लाख
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ७१ लाख २४ हजार एक सय ६२ रुपैयाँँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १८ करोड ९२ लाख २३ हजार छ सय ११ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ५४ करोड ७१ लाख १७ हजार नौ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९४ करोड २४ लाख ७२ हजार तीन सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९५ करोड १६ लाख ६१ हजार पाँच सय ३० रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४३ करोड ६० लाख ३७ हजार सात सय ३४ रुपैयाँँ रहेको संस्थाको स्प्रेडदर छ दशमलव ७४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब २३ करोड १८ लाख ६९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९८ करोड सात लाख ६२ हजार छ सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब आठ करोड चार लाख १३ हजार नौ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ७३ करोड ७१ लाख ३५ हजार तीन सय ३० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ८२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण
- सिटिजन्स बैंक र नेपाल क्लियरिङबीच सम्झौता
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया