आइएमई पे नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पीसीआई डीएसएस–४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।
आफ्नो स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।
सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पु¥याएर नवीकरण गरेको छ । आइएमई पेले अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीको गोपनीयता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया