Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रामीण विकास लघुवित्तद्वारा उत्कृष्ट महिला सदस्यहरू सम्मानित

ग्रामीण विकास लघुवित्तद्वारा उत्कृष्ट महिला सदस्यहरू सम्मानित


काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सव विभिन्न प्रदेशहरूमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ । २०७१ साल श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरू एकीकृत भई स्थापना भएको संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरी मनाएको हो ।

संस्थाको विराटनगरस्थित सञ्चालन तथा सुपरीवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्रअन्तर्गतका ४२ वटा शाखा कार्यालयहरूबाट छनोट गरिएका ४८ जना उत्कृष्ट महिला सदस्यहरूलाई जनही १० हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्यो । कार्यक्रममा सहभागी सदस्यहरूलाई दूरीअनुसार एक हजारदेखि पाँच हजारसम्म यातायात तथा खाना खर्च पनि उपलब्ध गराइएको थियो ।

झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरका विभिन्न स्थानबाट आएका सदस्य तथा अभिभावकहरूलाई बरगाछीस्थित कञ्चनजङ्घा ब्याङ्केटमा वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षकद्वय मोतिराम अधिकारी र कुमार बहादुर सिंहले यस विषयमा विशेष कक्षा सञ्चालन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा संस्थामा २५ वर्ष अनवरत सेवा पुर्याएका ६४ जना कर्मचारीहरूलाई दीर्घसेवा पदक र कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x