Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरम्भ चौतारी लघुवित्तको खुद नाफा दुई करोड ६८ लाख

आरम्भ चौतारी लघुवित्तको खुद नाफा दुई करोड ६८ लाख


काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६८ लाख ७२ हजार एक सय ६१ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड पाँच लाख ७० हजार ५९ रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ५८ करोड २० लाख ६४ हजार एक सय ८० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २५ करोड १० लाख ६७ हजार तीन सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड छ लाख ३७ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शुन्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने आठ करोड २३ लाख ४० हजार तीन सय ३२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव १६ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब ४८ करोड १७ लाख ६९ हजार दुई सय छ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६० करोड ४२ लाख ३२ हजार एक सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x