Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

सिटिजन्स बैंकद्वारा भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान


काठमाडौं । सिटिजन्स बैंकले भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले आफ्ना ग्राहकसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र असार महिनामा पार्टनर फर प्रोग्रेस हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिकरूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघसंस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहका बीच सम्मानस्वरूप चेक हस्तान्तरण गरेका छन् । उत्कृष्ट हुनुभएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जानकारी दिएको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यजस्तै श्रीमतीका लागि श्रीमान् र बच्चाहरू, बहिनीको लागि दाजु र छोराको लागि बुबाको भूमिका निकै नै महत्वपूर्ण हुने कुरा उनीहरूले आ–आफ्नो भिडियोमार्फत दर्शाएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x