ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीको पदभार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरीवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित रहेका छन् । उनीसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ । नवनियुक्त रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।
सपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे । उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ प्रदान हुने बताए । ‘रेग्मी ग्लोबल आइएमई बैंकको सुरुदेखि नै यस बैंकमा रहेका छन् । लामो समय बैंकिङ क्षेत्रमा रहेका उनी एक अनुभवी बैंकर हो । उनले यस ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र सेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,’ उनले भने ।
पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै, बजारमा बैंकको सम्मानजनक उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले ग्लोबल आइएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया