Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमपर्वत हाइड्रोपावरद्वारा विशेष साधारणसभा आह्वान

हिमपर्वत हाइड्रोपावरद्वारा विशेष साधारणसभा आह्वान


काठमाडौं । हिमपर्वत हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही भदौ २३ गते कम्पनीको रजिस्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा विशेष साधारणसभा गर्न लागेको हो ।

विशेषसभामार्फत कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । विशेष प्रस्तावको रूपमा भने कम्पनीले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x