इ–सेवा एक करोडभन्दा धेरै डाउनलोड
काठमाडौं । इ–सेवा प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा गर्ने पहिलो डिजिटल वालेट बनेको छ । कम्पनीले दिएको जानकारीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवा लिमिटेडको गुगल प्लेस्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा गर्न सफल भएको र यो उपलब्धि हासिल गर्ने इ–सेवा नेपालको पहिलो डिजिटल वालेट एप भएको कम्पनीको भनाइ छ । इ–सेवाले एक करोड डाउनलोडलाई ’खुसीका एक करोड पलहरू’ भनेर मनाएको छ ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याएको छ । इ–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ ।
यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इ–सेवालाई सम्झने अवस्थामा ल्याईपुर्याएको छ । सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहकहरू, दुई लाख ५० हजारभन्दा बढी एजेन्टहरू, ४९ बैंकहरू, ४५ लघुवित्तहरू तीन लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध रहेको कम्पनीको भनाइ छ ।
यस उपलब्धिमा उत्साह व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले एक करोड डाउनलोड गरी इ–सेवालाई माया गर्ने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरु सम्पूर्णका धन्यवाद व्यक्त गरेका छन् । ’इ–सेवाको यो यात्रा यतिमा मात्र सीमित नभई भविष्यमा नयाँ–नयाँ प्रविधिहरू र नवीनताको साथ नयाँ प्रयोगकर्ताहरूको लागि पनि अनुकूल बनाउँदै अझै थप डाउनलोड बढ्ने कुरामा हामी विश्वस्त छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भनेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया