आरएसडीसी लघुवित्तको नाफा चार करोड रुपैयाँले बढ्यो
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ६६ लाख ६८ हजार १९ रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लोे आवको तुलनामा चार करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाले १० करोड ७४ लाख ७३ हजार तीन सय १२ रुपैयाँ नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा छ अर्ब २७ करोड ३१ लाख २८ हजार छ सय ७० रुपैयाँ कर्जा प्रवाह गर्दा २४ करोड ४७ लाख ६९ हजार दुई सय ५९ रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३१ प्रतिशत रहेको संस्थाको स्प्रेडदर दुई दशमलव २४ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा छ करोड ७६ लाख ३९ हजार आठ सय आठ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ७१ करोड ४३ लाख तीन सय ५३ रुपैयाँ कर्जा प्रवाह गर्दा २८ करोड ८६ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । उक्त अवधिमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ३२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया