Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी लघुवित्तको नाफा बढ्यो

लक्ष्मी लघुवित्तको नाफा बढ्यो


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ३४ लाख ७१ हजार एक सय ४६ रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा निकै नै बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा छ करोड पाँच लाख ८९ हजार एक सय ९० रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब ३७ करोड १४ लाख १९ हजार एक सय ५९ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३३ करोड ६३ लाख ९४ हजार तीन सय ५६ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड ३८ लाख १२ हजार चार सय २६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थमा सात दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव १४ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ३२ करोड ४४ लाख ५५ हजार छ सय १६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८० करोड ६७ लाख ४९ हजार एक सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३८ करोड ३० लाख १८ हजार पाँच सय ८८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव २१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x