Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लघुवित्तको नाफा ३४ करोड

नेसनल लघुवित्तको नाफा ३४ करोड


काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड नौ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्तापुँजी एक अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०८०/८१ मा पाँच अर्ब २४ करोड ५१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६३ करोड ७४ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव २३ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x