आइएमई लाइफको उप–प्रमुख कार्यकारीमा अमात्य र पौडेल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप–प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले २०८१ श्रावण १ गतेदेखि र खिलेन्द्र पौडेलेले २०८१ भाद्र ५ गतेदेखि उप–प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् । कम्पनीको उप–प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनुअघि दिनेश अमात्य कम्पनीको नायब महाप्रबन्धक पदमा कार्यरत थिए । जीवनबीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म काम गरेका थिए । उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
अमात्य आइएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । उपप्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाङ्कन, पुनर्बीमा, बीमाङ्की मूल्याङ्कन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।
त्यस्तै, आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् । आइएमई ग्रुपले प्रवद्र्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्सलगायतका कम्पनीहरूमा पौडेल सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्याङ्कर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स गरेका छन् । साथै, पौडेलले अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया