Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तको विशेष साधारणसभा

मानुषी लघुवित्तको विशेष साधारणसभा


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार विशेष साधारणसभा सम्पन्न गरेको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको सिर्जनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

संस्थाले सिर्जनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आवमा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणवश उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन् । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको सेयर पुँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x