Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकसरी धान्छन् बैंकहरूले वार्षिक एक खर्बभन्दा बढी खर्च ?

कसरी धान्छन् बैंकहरूले वार्षिक एक खर्बभन्दा बढी खर्च ?


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक खर्च एक खर्ब रूपैयाँभन्दा बढी पुगेको छ । बैंकहरूको निक्षेपको तुलनामा कर्जा प्रवाह कम बढ्दा खर्ब पनि बढेर एक खर्ब रूपैयाँ नाघेको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको कुल खर्च एक खर्ब छ अर्ब ६७ करोड १० लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३ अर्ब ४१ करोड ८० लाख रूपैयाँ बढी हो ।

बैंकहरूले तलबभत्तामा ६३ अर्ब ६६ करोड १० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनतर्फ ४३ अर्ब एक करोड रूपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षमा बैंकहरूले कर्मचारीको तलबभत्तामा ५५ अर्ब १२ करोड ६० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३४ अर्ब ८७ करोड २५ लाख रूपैयाँ गरी कुल ९३ अर्ब २५ करोड ३० लाख रूपैयाँ खर्च गरेका थिए ।

वाणिज्य बैंकहरूले मात्रै आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीहरूको तलबभत्तामा ५५ अर्ब ८९ करोड ८० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३७ अर्ब छ करोड २० लाख रूपैयाँ गरी कुल ९२ अर्ब ९६ करोड रूपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब ८८ करोड ३० लाख रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा तलबभत्तामा ४७ अर्ब ८१ करोड ६० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३२ अर्ब २६ करोड १० लाख रूपैयाँ गरी कुल ८० अर्ब सात करोड ७० लाख रूपैयाँ खर्च गरेका थिए ।

विकास बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा तलबभत्तामा छ अर्ब २० करोड २० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा चार अर्ब ७० करोड ४० लाख रूपैयाँ गरी कुल १० अर्ब ९० करोड ६० लाख रूपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ करोड १० लाख रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले तलबभत्तामा पाँच अर्ब ८३ करोड ८० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा चार अर्ब ६१ करोड ७० लाख रूपैयाँ गरी कुल १० अर्ब ४५ करोड ५० लाख रूपैयाँ खर्च गरेका थिए ।

फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा तलबभत्तामा एक अर्ब ५६ करोड २० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा एक अर्ब २४ करोड ४० लाख रूपैयाँ गरी कुल दुई अर्ब ८० करोड ६० लाख रूपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ३८ करोड ५० लाख रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले तलबभत्तामा एक अर्ब ४७ करोड २० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा एक अर्ब २४ करोड ९० लाख रूपैयाँ गरी कुल एक अर्ब ४२ करोड १० लाख रूपैयाँ खर्च गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x