Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकालाई आइतबार एक कार्यक्रमको आयोजना गरी पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिकाअन्तर्गतका विभिन्न सरकारी विद्यालयहरूमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरूलाई स्कुल ब्यागलगायतका विविध शैक्षिक सामग्रीहरू खरिद गरिने बैंकले जानकारी दिएको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागीय प्रमुख नारायणप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयका तर्फबाट निर्देशक प्रदीपराज जोशी एवम् शाखा प्रमुख दीर्घबहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसीलगायतका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सांस्कृतिक संरक्षणसम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको र आगामी दिनमा सम्पूर्ण बैंकिङ सुविधासहितको घर आँगनको बैंकको रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा समृद्धिका लागि सबैको रोजाइको बैंक बन्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x