Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको नाफामा सामान्य गिरावट

एनआईसी एसिया लघुवित्तको नाफामा सामान्य गिरावट


काठमाडौं  । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य गिरावट देखिएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ७१ लाख २४ हजार एक सय ६२ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा छ करोड रुपैयाँले कम हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १८ करोड ९२ लाख २३ हजार छ सय ११ रुपैयाँ रहेको थियो ।

हाल चुक्तापुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ५४ करोड ७१ लाख १७ हजार नौ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९४ करोड २४ लाख ७२ हजार तीन सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९५ करोड १६ लाख ६१ हजार पाँच सय ३० रुपैैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४३ करोड ६० लाख ३७ हजार सात सय ३४ रुपैैयाँ रहेको संस्थाको स्प्रेडदर छ दशमलव ७४ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले दुई अर्ब २३ करोड १८ लाख ६९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९८ करोड सात लाख ६२ हजार छ सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब आठ करोड चार लाख १३ हजार नौ सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ७३ करोड ७१ लाख ३५ हजार तीन सय ३० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ८२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x