Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तको नाफा बढ्यो

इन्फिनिटी लघुवित्तको नाफा बढ्यो


काठमाडौं  । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ५२ लाख ५२ हजार दुई सय चार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा निकै बढी हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९२ लाख ९६ हजार चार सय ४४ रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३३ लाख एक हजरा सात सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ३० लाख ८३ हजार पाँच सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड १५ लाख ३५ हजार नौ सय ६२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९८ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३१ करोड ९२ लाख ९८ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४३ लाख ६१ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख २० हजार आठ सय छ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको आठ दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ४० लाख ६४ हजार पाँच सय ४६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने ११ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x