Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रिन डेभलपमेन्ट बैंकको १२औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

ग्रिन डेभलपमेन्ट बैंकको १२औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम


काठमाडौं  । ग्रिन डेभलपमेन्ट बैंक र लायन्स क्लब अफ पोखरा भद्रकालीले आयोजना गरेको रक्तदानमा ४७ युनिट रगत संकलन भएको छ । बैंकको १२औँ वार्षिकोत्सवको अवसर पारेर पोखराको न्युरोडस्थित बैंकको मुख्यालय परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार केन्द्र पोखरासँगको सहकार्यमा कार्यक्रम भएको हो ।

४७ जना रक्तदातामध्ये १६ जना महिला थिए । जसमा १२ जना बैंककै कर्मचारी हुन् । १२ महिला कर्मचारीमध्ये छ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । पहिलो पटक रक्तदान गर्नेलाई लायन्सको पिनले सम्मान गरिएको क्लब अध्यक्ष रविबहादुर विकले जानकारी दिए । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एलका गभर्नर सुमन भट्ट क्षेत्रीले बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम सुरु गरेका थिए । गभर्नर भट्टले क्लब र बैंक मिलेर विगतमा पनि रक्तदान कार्यक्रम गरिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले रक्तदान सबैभन्दा ठूलो मानवीय कार्य भएको भन्दै यसलाई निरन्तरता दिइँदै आएको बताए । बागलुङबाट सुरु भएको बैंक विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको उनले बताए । कार्यक्रममा बैंकका डेपुटी सीईओ प्रकाशबहादुर गुरुङ, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एलका सचिव, कोषाध्यक्ष, डिस्ट्रिक्ट ब्लड डोनेसन चियरपर्सन जीतेन्द्रमान शाक्य, रिजन चियरपर्सन कृष्णप्रसाद शर्मा तिमिल्सिना, जोन चियरपर्सन ज्ञानबहादुर कार्की, क्लबका अन्य पदाधिकारी, बैंकका कर्मचारी सहभागी रहेको क्लब सचिव गुणाखर अर्यालले बताए ।

बैंकको मुख्य कार्यालय हाल पोखरामा छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको बैंकले १५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । बैंकका सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वाले वार्षिकोत्सवका अवसरमा बैंकका विभिन्न शाखाबाट सामाजिक कार्य गरिएको बताए । बागलुङ शाखाले मानव सेवा आश्रममा दान गरेको भने भने नवलपुरको दलदले शाखाले विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । दमौलीलगायका शाखाबाट सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले ग्रिन समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । सय रुपैयाँमा खाता खोल्न सकिने, मासिक ब्याज भुक्तानी, साढे पाँच प्रतिशत व्याजदर रहेको छ । उक्त खाता खोल्नेका लागि लकरमा ७५ प्रतिशत छुट दिइएको सहायक महाप्रबन्धक धाख्वाले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x