Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकटहरियामा नेपाल बैंकको शाखा

कटहरियामा नेपाल बैंकको शाखा


काठमाडौं । नेपाल बैंकले कटहरिया शाखाको उद्घाटन गरेको छ । बैंकका अनुसार रौतहट जिल्ला, कटहरिया नपा वडा नं ५, मा बैंक शाखा स्थापनाको ५० वर्षपछि कटहरियास्थित आफ्नै ग्राहकमैत्री नवनिर्मित भवनको उद्घाटन भएको हो । उद्घाटनसँगै बैंकको यस नयाँ भवनबाट सम्पूर्ण बैंकिङ कारोबारहरू हुने भएको छ ।

नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशैभरि रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोबार सञ्चालन गर्दै आएको छ । जनस्तरमा भिजेको र नेपाल सरकारको अधिकांश सेयर स्वामित्व रहेको बैंकले आधुनिक प्रविधिमा आधारित समयानुकूल बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकले भर्खरै निक्षेप संकलनको लागि निक्षेपकर्ताले सिधै मेसिनमार्फत् नगद जम्मा गर्न सक्ने प्रणालीको सुरुवात गरेको छ । साथै, आधुनिक कल सेन्टरमार्फत् ग्राहक सेवालाई अभिवृद्धि गर्न बैंकमा कल सेन्टर समेत कार्यान्वयनमा आइसकेको छ । बैंकले हाल देशभर दुई सय २९ वटा शाखा, ५९ एक्टेन्सन काउन्टर र दुई सय चार वटा एटीएम काउन्टरबाट सेवा सञ्चालन भइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x