व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप
काठमाडौं । हालै गुगल प्लेस्टोरमा एक करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इ–सेवा यस वर्ष आफ्ना मर्चेन्टहरूका लागि विशेष सेवा लिएर आएको छ, जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटलरूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इ–सेवाले समयसमयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कुरा पनि यथावत् नै छ । अब इ–सेवासँग आबद्ध भएका मर्चेन्टहरूले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिङ्क गर्न सक्नेछन् । पहिले नेपालका व्यावसायीले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टाछुट्टै खाता प्रयोग गर्नुपर्ने अवस्था थियो ।
मर्चेन्ट लिंक सेवा आएसँगै अब इ–सेवा नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ । यसबाट प्रयोगकर्ता÷मर्चेन्टहरूले सजिलै भुक्तानी तथा कारोबारको सरलरूपमा एपबाट निगरानी राख्न सक्नेछन् । भुक्तानीको सूचना इ–सेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिङ्क गरिएको मर्चेन्ट खाताको फोनपे क्युआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् । त्यसका साथै मर्चेन्ट खातामा लिङ्क गरिएको सेटलमेन्ट बैंक खाताबाट सरलरूपमा पैसा निकाल्न पनि सकिनेछ । यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरलरूपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इ–सेवाका चिफ बिजनेस अफिसर आशीष गौतमले बताएका छन् ।
यो मर्चेन्ट लिङ्कको बारेमा बोल्दै इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरूलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया