ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १४ करोड १६ लाख ८० हजार पाँच सय ९८ रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ करोड ६५ लाख १३ हजार छ सय ५८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख रूपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५२ करोड ५१ लाख ९७ हजार चार सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६३ करोड ३४ लाख ७७ हजार सात सय २० रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड ४७ लाख ७५ हजार २२ रूपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव १४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब १२ करोड छ लाख ५९ हजार आठ सय २६ रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब २६ करोड ३३ लाख ४३ हजार चार सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ६२ लाख ४४ हजार छ सय ४१ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया