महुली लघुवित्त वित्तीय संस्थाकोे खुद नाफा झण्डै सात करोड
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले झण्डै सात करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ९१ लाख ३१ हजार एक सय ५० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ४१ लाख ८२ हजार पाँच सय ४८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार पाँच सय ८५ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ६४ करोड ५४ लाख ८६ हजार सात सय ६८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६२ करोड ५६ लाख ४१ हजार ४८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ५० लाख ४९ हजार एक सय २३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने नौ करोड चार लाख ८३ हजार सात सय नौ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर छ दशमलव ७५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक खर्ब ६० करोड १८ लाख एक हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९१ करोड ४६ लाख ९३ हजार नौै सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९८ लाख ६३ हजार छ सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने एक करोड ६४ लाख २० हजार २६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया