Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमा नयाँ कर्जा सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमा नयाँ कर्जा सुविधा


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमार्फत पाँच लाखसम्मको कर्जा सुविधा पाइने भएको छ । वित्तीय समावेशीकरण र सुलभतातर्फको पहलअन्तर्गत नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा सुरु गरेको छ ।

बैंकका अनुसार यो सुविधामार्फत, बैंकका योग्य ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्र्माट एपमार्फत विनाधितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समयावधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको छ । यसमा ग्राहकहरूले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार ग्राहकले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर गर्न सक्नेछन् । एनआईएमबी स्मार्ट लोनको लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ । जस्तै, तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि । योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्ट एप्लाई गरी कर्जाका सबै सुविधाहरू र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरूपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको सम्बन्धमा बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x