Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविपन्न वर्गमा बैंकहरूको लगानी तीन खर्ब १२ अर्ब

विपन्न वर्गमा बैंकहरूको लगानी तीन खर्ब १२ अर्ब


काठमाडौं । विपन्न वर्ग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी तीन खर्ब रुपैैयाँ नाघेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका ५४ वटा वित्तीय संस्थाहरूले विपन्न वर्गमा तीन खर्ब १२ अर्ब १८ करोड ६० लाख रुपैैयाँ कर्जा लगानी गरेका छन् । विपन्न वर्गमा प्रवाह गरेको कर्जा कुल कर्जाको छ दशमलव २२ प्रतिशत हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कुल कर्जा ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रुपैैयाँ छ ।

अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैैयाँमध्ये विपन्न वर्गमा तीन खर्ब आठ अर्ब ३५ करोड ६० लाख रुपैैयाँ कर्जा प्रवाह गरेका थिए । सो आर्थिक वर्ष विपन्न वर्गमा कुल कर्जाको छ दशमलव ७५ प्रतिशत विपन्न वर्गमा प्रवाह भएको थियो ।

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा विपन्न वर्गमा दुई खर्ब ६७ अर्ब ३६ करोड रुपैैयाँ कर्जा लगानी गरेका छन् । जुन कुल कर्जा लगानीको छ दशमलव शून्य तीन प्रतिशत हो । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ४३ खर्ब आठ अर्ब ९९ करोड रुपैैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा छ दशमलव ४९ प्रतिशत अर्थात् दुई खर्ब ६२ अर्ब ३६ करोड ५० लाख रुपैैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये सात दशमलव ७४ प्रतिशतका दरले हुनआउने ३८ अर्ब पाँच करोड ८० लाख रुपैैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले कुल चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रुपैैयाँबराबरको कर्जा विपन्न वर्गका प्रवाह गरेका थिए । उक्त अवधिमा आठ दशमलव ७८ प्रतिशतका दरले हुनआउने ४० अर्ब १५ करोड ३० लाख रुपैैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने आर्थिक वर्षको २०८०/८१ मा विपन्न वर्गमा मात्र कुल छ अर्ब ७५ करोड ८० लाख रुपैैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा फाइनान्स कम्पनीहरूले यस अवधिमा प्रवाह गरेको कुल कर्जा रकम ९९ अर्ब ६९ करोड १० लाख रुपैैयाँमध्येको सात दशमलव २७ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब ९३ करोड १० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल पाँच अर्ब ८३ करोड ८० लाख रुपैैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले प्रवाह गरेको यो कर्जा रकम उक्त अवधिमा प्रवाह भएको कुल कर्जा रकमको आठ दशमलव ७८ प्रतिशत हिस्सा हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x