Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न

‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्येक वर्ष आयोजना हुने तीन दिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम २०८१ साल भाद्र महिनाको १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहस्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा केही एजेन्सी म्यानेजरहरूलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ । छनौट भएका सिनियर एजेन्सी मेनेजरहरूको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको छ । यस्तो किसिमको कार्यक्रमले लिडर्सलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । सिटिजन लिडर्सहरूलाई नियमित कार्यशैलीभन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरूलाई तालिम प्रदान गरिएको छ ।

साथै, यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम पनि सञ्चालन गरेको छ । उक्त तालिममा गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के–के हुन् ? रिपोर्टिङ कसरी गर्ने ? जस्ता विषयमा विस्तृत जानकारी दिइएको छ ।

यस कार्यक्रममा एजेन्सी म्यानेजरहरूका साथै कम्पनीको व्यवस्थापन टिमलगायत प्रमुख व्यवसाय अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । प्रचलित कानुन, नीति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालना गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x