Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक प्रवर्द्धक रहेको तीन म्युचुअल फन्डको लाभांश घोषणा

सानिमा बैंक प्रवर्द्धक रहेको तीन म्युचुअल फन्डको लाभांश घोषणा


काठमाडौं । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेका सानिमा म्युचुअल फन्डद्वारा सञ्चालित तीन वटा योजनाको लाभांश घोषणा भएको छ । कम्पनीको यही भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । जसअन्तर्गत सानिमा इक्विटी फन्डले १५ प्रतिशतका दरले १९ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकका अनुसार सानिमा इक्विटी फन्ड बन्दमुखी योजना हो र यसको आकार एक अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ ।

यसैगरी सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरणको घोषणा गरेको छ । यो योजनाको आकार एक अर्ब २० करोड रुपैयाँको रहेको छ । सानिमा ग्रोथ फन्डले पनि १० प्रतिशतका दरले छ करोड ७२ लाख ५३ हजार दुई सय ६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार छ सय रुपैयाँ बराबरको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x